Thursday, January 23, 2025

तस्करी बढ्यो,राजश्व घट्यो

पछिल्लाे समाचार

रौतहट २० पुस ।गौरभन्सार कार्यालयका कर्मचारीहरु तस्कर सग मिलेपछि रौतहटमा राजश्व संकलन प्रभावित बनेको भनाइ छ ।
भन्सार कार्यालयसँगै रहेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको यूनिट र भन्सार कर्मचारीको मिलेमतोमा तस्करी शुरु भए पछि राजश्व प्रभावित भएको हो ।
प्रत्येक पोकामा २ हजारको भन्सार काटेर ६ हजार रुपैया कर्मचारीहरुले आफू लिने गरेको गुनासो छ ।
  सीमा सुरक्षा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विजय खड्काले पोके कारोवारी देखि लिएर अन्य तस्करहरुका सामानहरु निर्वाध रुपमा छाडने गरेको एक व्यवसायी बताउछन ।
राजदेवी नगरपालिकाको लक्ष्मिपुर बेलबिछवा र ब्रम्हपुरी भएर सयौ कार्टुन मंदिरा दैनिक रुपमा भारत तर्फ लैजाने गरेको तथा सीमा पारी भारतबाट कपडा, सुर्ती, पशुचौपाया लगायत विभिन्न सामाहरु नेपाल भित्रिदा  लाखौ राजस्व प्रभावित भईरहेको धेरैको गुनासो छ।
केही समय पहिला सशस्त्र प्रहरीले नगरपालिकाको ब्रह्मपुरीबाट बिआर२९ एस९४०४ नम्बरको गाडी सहित १ सय १८ कार्टुन मदिरा बरामद गरेको छ ।
बिहारमा मदिरा विक्रि वितरण बन्द भए पछि रौतहटको यो नाकाबाट सुरक्षाकर्मीकै मिलेमतोमा  मदिरा तस्करी हुदै आएको छ ।
  सशस्त्र प्रहरीको लक्ष्मिपुर स्थित विओपीका निरिक्षक उमेश ढकालको संरक्षण रहेको गुनासो छ।
राजनीतिक सरक्षण समेत पाएका केही तस्करहरु दिउसै र रातिको समयमा सय कार्टुन मंदिरा भारत तर्फ तस्करी हुने गरेको गुनासो छ ।
  केराउ, छोकरा, कपडा, चिनी लगायतका सामानहरु नेपाल भारत ल्याउने लैजाने गरेको गुनासो छ ।
नरकटियाबाट बच्चाबाबु र रुपेश भन्ने व्यक्तिले चिनीको ठूलो कारोवार गरिरहेका गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु