मुकेश कुमार साह,/रौतहट २१ पुस । गुजरामा सप्त अहोरात्रीय नारायण महायज्ञ सुरु भएको छ ।
राम मन्दिर प्राण प्रतिष्ठान निर्माण हेतुले महायज्ञ सुरु भएको हो । गुजरा-३ जंगलसहियामा भईरहेको सो महायज्ञको उद्द्घाटन गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले गरेका छन । महायज्ञको उद्धघाटन गर्दै मेयर चौधरीले भोलीका दिनमा धार्मिक स्थलहरुलाई भौतिक तथा अध्यात्मिक विकास गराउनतर्फ निरन्तर पहल गर्ने बताए ।
उनले मन्दिर एउटा पवित्र स्थल रहेको बताउँदै यसलाई सधै स्वच्छ र सफा राख्नुपर्ने बताए ।
गुजरा नगर उपप्रमुख रत्न लामाले सबैले धार्मिक स्थलहरुलाई सधै जगेर्ना गर्नुपर्ने बताए । धार्मिक स्थलमा सबैको आस्था जोडीएकोले यसलाई सुरक्षित राख्नुपर्ने जनाए ।
महायज्ञ अवधिभर परमपुज्य गुरु अजित बाबुको मुखारबिन्दुबाट सप्त अहोरात्रीय नारायण महायज्ञको प्रवचन हुने आयोजकले जानकारी दिएको छ । पुस २० गते बाट सुरु भएको अहोरात्रीय नारायण महायज्ञ पुस २७ गते समापन हुनेछ ।
उद्द्घाटन कार्यक्रममा गुजरा नगरपालिकाका प्रशासकिय अधिकृत बिनोद जयसवाल,समाजसेवी सुरेन्द्र तिमलसिना लगायत विभिन्न संघसस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाज सेवि लगायतको उपस्थिती रहेको थियो ।