रौतहट,१० माघ । चन्द्रपुर नगरपालिकाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत आरडिसि नेपाल संस्था मार्फत चन्द्रपुर नगरपालिकाले सोमबार सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा युवा कल्व, वन उपभोक्ता समिति, कृषि समुह, कृषि सहकारी संस्थाका पदअधिकारीहरु, जनप्रतिनिधिहरु पत्रकार हरुको सहभागिता थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाको बजेट, गरेको काम र चालू आर्थिक वर्षको बजेट का बारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८ / ०७९ मा कृषि क्षेत्रमा अधिकांश योजनाको १५ देखि २५ प्रतिशत बजेट फ्रिज भएको छ ।
सोमबार सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य, पशु सेवा, वन तथा वातावरण, शिक्षा, कृषि, महिला तथा वालवालिका शाखा लगायत सम्पूर्ण शाखाले आ आफनो प्रदिवेदन सहित बजेट प्रस्तुत गरेका थिए ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलले सामाजिक परीक्षण कार्यक्रम निकै सराहनीय रहेको बताउदै मधेश प्रदेशमै पहिलो पटक रौतहटको चन्द्रपुर नगरपालिकाले सुरुवात गर्न सफल भएको बताए ।
जलवायु उत्थानशील कार्यक्रम सामाजिक कार्यक्रम सबै स्थानिय तहले गर्नपुर्ने आवश्यकता रहेको नगरप्रमुख काफ्लेले बताएका छन् ।
चन्द्रपुर नगरपालिकाले प्रत्येक वर्ष सामाजिक परीक्षण कार्यक्रम गर्ने नगरप्रमुख काफ्लेले प्रतिवद्धता जनाएका छन ।