रौतहट २४ पुस । प्रादेशिक अस्पताल गौरमा डिजिटल भिडियो एक्सरे मसीनको उद्घाटन गरिएको छ ।
प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हासमीको पहलमा गौरमा डिजिटल भिडियो एक्सरे ल्याइएको छ ।
मधेस प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र जनकपुरले प्रादेशिक अस्पताल गौरलाई सहयोग गरेका अत्याधुनिक एक्सरे मसीनलाई संचालनमा ल्याइएको अध्यक्ष हासमीले बताएका छन ।