Friday, January 24, 2025

गाैर घटनाका दोषी उपर कार्यवाही होस :- सदस्य थापा

पछिल्लाे समाचार


राैतहट २ माघ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले गाैर घटनाको दोषिलाई कार्यवाही गर्न आयोगले लिखित रुपमा सिफारिस गरेको बताएकी छिन ।
महिला विरुद्ध हुने हिंसा सम्बन्धि संयुक्त राष्ट्र संघमा पठाउने प्रतिबेदनका विषय वस्तु माथि भएको छलफल कार्यक्रममा बोल्दै सदस्य थापाले गाैर घटनाकाे दोषी उपर कार्यबाही हुनेमा विश्वास व्यक्त गरेकी छिन ।
२०६३ चैत्र ७ गते राईस मिल गाैरमा भएको सो घटनामा तत्कालिन नेकपा माओ वादीका २७ नेता तथा कार्यकर्ताकाे मृत्यु भएको थियाे । घटनामा ५० भन्दाबढी घाइते भएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग तथा महिला आयोगद्वारा संयुक्त रुपमा चन्द्रनिगाहपुरमा आईतवार आयोजित कार्यक्रममा महिला आयोगका सदस्य जया घिमिरे ,चन्द्रपुर नगरपालिका नगर उपप्रमुख जयमाला चाैधरी,नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जयसवार, एकल महिला सञ्जाल राैतहटका अध्यक्ष साेमरिया देवी , ईन्सेकका राैतहट प्रतिनिधि कोपिला तिमल्सिना , दलित अगुवा गाेविन्द राम लगाएतले महिलाले भोग्नु परेको विभिन्न हिंसाका बारेमा छलफल भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु