रौतहट ३ माघ ।अस्थाई ट्राफिक प्रहरी पोष्ट डुमरीयाले गौर चन्द्रपुर सडक खण्डमा चल्ने सार्वजनिक बसहरुमा आरक्षण सिटको कार्यान्वयन भए/नभएको अनुगमन गर्न थालेको छ ।
सार्वजनिक बसहरुमा असाहय,अपाङ्ग,बृद्धबृद्धा ले आरक्षण सिट उपभोग गरे नगरेको बेला बेला अनुगमन गर्दै आएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरकी प्रमुख प्रहरी निरिक्षक बिमला कडायतले बताएकी छिन ।
गौर चन्द्रपुर सडक खण्डमा ४ दर्जन करीब सार्वजनिक बसहरु संचालनमा छन ।
आरक्षण सिट नपाइने गुनासो नआओस भन्ने उदेश्य र ट्राफिक नियमको जानकारी दिने उदेश्यले राजमार्गमा छड्के चेकिङ गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएक छ ।