काठमाडौं १३ पुस । रौतहटको क्षेत्र ३ बाट स्वतन्त्र निर्वाचित सासद प्रभु साह माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्ने प्रयासमा जुटेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थ गरेका नेता साह मन्त्री बन्ने दौडमा रहेका छन्।
माओवादीका एक पोलिटव्युरो सदस्यका अनुसार नेता साह कुन मन्त्रालय लिने बारे उच्चस्तरीय बैठकमा छलफल भइरहेको छ। माओवादी केन्द्र छाडेर नेता साह एमाले प्रवेश परेका थिए। गएको आम निर्वाचनमा साह निकट सबै आकांक्षीलाई एमालेले टिकट नदिएको र जसपा सग एमालेले तालमेल गरेको भन्दै रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए।