रौतहट १६ मंसिर /निर्वाचनको आसपासमा रौतहट र सर्लाहीका विभिन्न नाकाहरु बाट तस्करी व्यापक बढेको गुनासो पाइएको छ ।
रौतहटको मटिया लतमरी औरया बन्जरहा, लक्ष्मीपुर बेलबिछवा तथा ब्रहमपुरी नाका भएर नेपालबाट विभिन्न किसिमका मदिरा, मसुरो दाल, केराउ, चना, स्याउ, सुन्तला भारततिर तस्करी भइरहेको छ। यसै गरी भारततिरबाट खाद्यान्न सामग्री,
चिनी, दाल, तेल, पाउडर दूध, कपडा तथा रासायनिक मलको तस्करी भइरहेको छ।
रासायनिक मल किसानलाई सिमा आसपासमा घरेलु प्रयोजनका लागि छुट दिइएको छ तर किसानकै नाउमा मोटरसाइकलमा व्यापक तस्करी भएको देखिएको छ ।
भारतमा खरिद गरेको रासायनिक मल करिव डेढ गुना बढी मूल्यमा व्यापारीलाइ उपलब्ध गराउने गरेका छन्।
भारतबाट विभिन्न नाका भएर तस्करीको रासायनिक मलको कारोबार हुने गरेको छ ।
मटिया नाकाबाट दैनिक सयौ मोटरसाइकलमा मलको तस्करी हुने गरेको छ । किसानको लागि दिइएको छुटको फाइदा तस्कर ले उठाईरहेका छन ।
सर्लाहीको
बलरा लक्ष्मीपुर, मधुवनी, अर्नाहा,फेन्हारा बहादुरपुर मलगवा , त्रिभुवन नगर, नारायणपुर नाका भएर दैनिक सामान अवैध रुपमा सीमा वारपार भइरहेको छ। भारतबाट नेपालतिर दैनिक रुपमा पोके तस्करले मोटरसाइकल, साइकलमा चामल, दाल, कपड़ा, हार्डवेयरका सामग्रीहरु, चिनी, रासायनिक मल ल्याउने गरेका छन ।यसैगरी नेपालबाट मोटरसाइकल, साइकलमा चामल, दाल, कपडा, हाई वे परका सामग्रीहरु चिनी रासायनिक मल लगायतको सामानहरु निर्वाध रुपमा आइरहेका छन्।
यसै गरी नेपालबाट भारततिर बालुवा, गिटी, विभिन्न ब्रान्डका मदिरा, कस्मेटिक विभिन्न सामग्री तस्करी भइरहेको गुनासो छ ।
नेपालबाट भारततिर सर्लाहीको बलरा र – छतौना नाकाबाट दैनिक पचासौ ट्याक्टर बालुवा गिटी तस्करी भइरहेको स्थानीयको भनाइ छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले तस्करीको विषयमा अनभिज्ञता प्रकट गर्दै यस विषयमा नियन्त्रणका लागि सुरक्षाकर्मीलाई तत्काल निर्देशन दिने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेलले तस्करी पूर्ण रुपमा नियन्त्रण गर्ने बताएका छन् ।