Friday, January 24, 2025

समानुपातिक तर्फ रौतहटमा नेकपा एस प्रदेश तथा केन्द्रमा तेश्रो

पछिल्लाे समाचार


रौतहट १९ मंसिर / अध्यक्ष माधवकुमार नेपालकै गृहजिल्ला रौतहटमा नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ तेस्रो भएको छ ।
प्रतिनिधि र प्रदेशसभाको समानुपातिक प्राप्त मतअनुसार नेकपा एस तेस्रो स्थानमा छ ।
रौतहटमा समानुपातिक तर्फ पहिलो नेपाली कांग्रेस र दोस्रो नेकपा एमाले भएका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसले ६५ हजार ८ सय ४५ मत पाएको छ  भने एमालेले ३८ हजार ३ सय २७ मत ल्याएको छ । यस्तै नेकपा एसले ३२ हजार ७ सय मत मात्रै पाएको छ ।

प्रतिनिधिसभा १ र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ १ क्षेत्रमा नेकपा एसले जितेको छ ।

रौतहट–१ मा गठबन्धनबाट उम्मेदवार बनेका पार्टी अध्यक्ष नेपाल ३३ हजार ५ सय ५२ मत पाई विजयी भए । प्रदेश सभातर्फ रौतहट–२ (१) मा नेकपा एसका कनिष पटेल १० हजार ४ सय ५२ मत ल्याई विजयी भएका थिए।

प्रदेश सभामा पनि नेकपा एस तेस्रो स्थनामा छ । समानुपातिकतर्फ कांग्रेस ५५ हजार १ सय ८१ मतसहित पहिलो स्थानमा छ । नेकपा एमाले ३४ हजार ९ सय ११ मतसहित दोस्रो स्थानमा छ । नेकपा एसले ३३ हजार ७ सय १७ मत ल्याएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु