रौतहट १६ मंसिर / सडक नै अवरुद्ध हुने गरी रौतहटका विभिन्न स्थानमा हाटबजार सञ्चालन हुने गर्दछ ।
बजारलाई व्यवस्थित गर्न पालिकाहरूले चासो नदिएपछि दुर्घटनाहुने सम्भावना बढेको हो वृन्दावन नगरपालिकाको हरसाह चोकमा सडकमै बजार लाग्ने गरेको छ ।
यमुनामाई गाउपालिकाका भुजुनुवा, सुकदेवचोक, राजपुर र भेडियाही चोकमा साताको दुई दिन बुधवार र आइतबार बजार लाग्छ । चन्द्रपुरनगरपालिकाका डुमरिया, बालचनपुर, गरुडा नगरपालिकाका गरुडा बजार, शिवनगर, जयनगरमा व्यापारीहरूले सडकमै बजार लगाउने गरेका छन।
व्यापारीले सडकमै तरकारी, फलफूल, मासु तथा खाद्यान्नलगायत सामान राखेर बेच्दै आएका छन।
वृन्दावन नगरप्रमुख विनोद पटेलले सुरक्षित स्थानमा बजार लगाउन काम थाल्ने प्रतिबद्धता व्यक्त गरे ।
राजमार्गमा बजार नलगाउन चन्दपुरमा पटकपटक भनिसकेको चन्द्रपुरका नगरप्रमुख सन्जय काफलेले बताए ।
प्रजिअ कृष्णबहादुर शाहीले पालिकासंगको समन्वयमा सडकबाट बजार हटाउन पहल थाल्ने बताए ।