गरुडा ८ पुस /जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम अयोध्या राय यादवले वास्तविक पीडित लाई राहत नपुगेको बताएका छन ।
बिपन्न परिवार मा पुग्नुको साटो सम्पन्न परिवारले राहत लिने गरेको गुनासो छ ।
दैवी प्रकोप एवं विपद्को बेलामा दिइने राहत गरिब, विपन्न एवं पीडित परिवार भन्दा पहुँच र सम्पन्न व्यक्ति र परिवारले लिने गरेकोले वास्तविक पीडितलाई राहत व्यवस्थापन गर्न उनले आग्रह गरे।
ग्रामीण विकास केन्द्र नेपाल रौतहटले जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा आयोजना गरिएको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना साझेदारी कार्यशाला गोष्ठीमा उनले चिसोको मौसममा प्रभावित हुने समुदाय, परिवार र व्यक्तिलाई पहिचान गरी सहयोग गर्नुपर्ने धारणा जोड दिए
आयोजक सस्था ग्रामीण विकास केन्द्र नेपालको सहयोगमा गुजरा नगरपालिका र कटहरिया नगरपालिकालाई लक्षित गरेर तयार पारिएको पांच वर्षीय कार्ययोजनाको बारेमा जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा अध्ययन अनुसन्धान गरी बनाइएको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
जिल्लाका सिमान्तकृत समुदायहरुमा बाल संरक्षण र कल्याण सुनिश्चित परियोजना अन्तर्गत आयोजित गोष्ठी कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, गुजरा नगरपालिकाका . निमित्त प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत ,कटहरिया नगरपालिकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।