Thursday, January 23, 2025

लमाहाको बस्तिमा जंगली हातिको बितण्डा

पछिल्लाे समाचार


रौतहट  ७ पुस /पूर्वपश्चिम राजमार्गको छेउमा लमहा खोला नजिकैको बस्ती बर्षौ देखि पिडित छ।
३५ वर्षअघि देखि रहेको यो बस्ती अहिले जंगली हात्तीले घर भत्काउँदा बस्तिका  बासिन्दा विस्थापित भएका हुन् ।

रौतहटको चन्द्रपुरबाट ७ किलोमिटर पश्चिममा पर्ने यो सुकुम्बासी बस्ती २०४४ मा बसेको थियो ।

तात्कालिन सरकारले मकवानपुरको डाङडुंगे गाउँबाट बस्ती हटाइएपछि १४ घरधुरी यहाँ आएर बसेका थिए ।

बस्तीमा जंगली हात्ती पसेर धनमाया पहरी, राम पहरी, लक्ष्मण पहरी, फूलमाया मगर, अर्जुन पहरीको घर भत्काएको थियो । 
राति अज्ञात समूहले बस्तीको ३ घरमा आगजनी गरिदियो । त्यसपछि सबैले घर छाडेर गए  । राति अरु घर मा पनि हात्ती आएर भत्काइदिएको छ । बस्ती उजाडिएपछि अधिकाश चन्द्रनिगाहपुर र मंगलपुरमा आफन्तको घरमा बसेका छन् ।

बस्तीका वृद्ध शेरबहादुर पहरीले हात्तीले बस्ती उठिबास लगाएको पीडा कम हुन नपाउँदै अज्ञात समूहले घर आगजनी गरेको पीडा सुनाए ।
चन्द्रपुरका नगरप्रमुख सञ्जय काफ्लेले लमाहा गाउँका स्थानीयलाई कतै बास बस्ने व्यवस्था मिलाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने तयारी भइरहेको बताए ।

उनले भने, ‘बस्तीका स्थानीय कहाँ बसेका छन्, हामी सम्पर्क गर्छौं ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु