Thursday, January 23, 2025

राष्ट्रिय दलित आयोगको टोलीद्धारा रौतहटको दलित बस्तिहरुको निरिक्षण 

पछिल्लाे समाचार

रौतहट ६ पुस । राष्ट्रिय दलित आयोगको टोलीले रौतहटको विभिन्न ठाउँको दलित बस्तीको अनुगमन गरेको छ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्मा र जिल्ला प्रतिनिधि सहित अनुगमनमा पुगेको टोलीले मुसहर बस्तीको अनुगमन गरी उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अवस्थाको समेत अवलोकन गरेका छन ।
   मंगलबार जिल्लाको गौर नगरपालिका वडा नं.२ र राजदेवि नगरपालिका वडा नं.५ लगायत जिल्लाको विभिन्न ठाउँका मुसहर,डोम,र चमार बस्तीको अनुगमन गरिएको थियो ।
टोलीले  बालबालिकाको शिक्षा र स्वास्थ्यको अवस्था,वृद्ध, महिला अवस्था र उनीहरुको आर्थिक अवस्थाको साथै उनीहरुले भोगिरहेको पीडा र जातीय विभेद तथा छुवाछुतको अवस्थाबारे अध्ययन गरेको रौतहटका दलित अगुवाहरुले जानकारी दिएका छन ।
  अध्यक्ष विश्वकर्माले दलित समुदायले भोगिरहेको अन्याय,अत्याचार,छुवाछूतको समस्या, जन्मदर्ताको समस्या र नागरिकताको समस्या लगायत अन्य विभिन्न समस्याहरुको समाधान खोज्न रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही,जिल्ला प्रहरी प्रमुख वीर बहादुर मगर,सशस्त्र प्रहरी प्रमुख र अनुसन्धानका प्रमुख संग छलफल भएको छ ।
छलफलमा नेकपा एकीकृत समाजवादीका दलित भातृ संगठन नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष नाथुराम परियार,मधेसी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान,वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान,दलित अभियन्ता सुबा साहेब पासवान लगाएत दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु