रौतहट,१४ पुस । एक दलित बस्तीका बासिन्दा पराल ओछ्याएर सुत्न बाध्य छन ।
चन्द्रपुर नगरपालिका वडानं ९ डुमरियामा रहेका करिव ९५ घर मुसहर बस्तीका बासिन्दा ओढने ओछ्याउने नभएका कारण पराल ओछ्याएर सुत्न बाध्य भएका हुन ।
दिनभरी ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्ने दलित बस्तीका बासिन्दा चिसोका कारण काममा समेत जान नसकेको बताँउछन् ।
सरकारले जनता आवस कार्यक्रम अन्र्तगत बनाईदिएको पक्की घर समेत गुणस्तरहिन भएका कारण उनीहरुलाई बर्षाको पानी घर भित्र छिर्ने ,चैत बैशाखमा हावा हुरीले सताउने र जाडोको बेला जस्तापाता बाट शित,हुस्सु झरेर सुत्नै नसक्ने अवस्था भएको बस्तिका रामदेव माझीको गुनासो छ ।
झ्याल ढोका नाम मात्रको पक्की घरमा बस्न नसक्ने अवस्था रहेको स्थानीय शान्ति देवीको भनाइ रहेको छ ।