गौर,२८ मंसिर / रौतहटका बिभिन्न छोटी भन्सारबाट भन्सार छलेर मलखाद रौतहट भित्रने गरेको छ ।
पछिल्लो समय सरकारले प्रयाप्त मलखाद्य उपलब्ध नगराएपछि रौतहटका केही ठुला व्यापारीनै मलखाद्य तस्करीमा लागेका छन ।
पछिल्लो समय भारतबाट रौतहट प्रहरी र भारतीय सुरक्षाबलका केही कर्मचारीको मिलेमतोमा रौतहटको बिभिन्न नाकाबाट भित्राएको मलखाद्य देशका बिभिन्न स्थानमा पुर्याउने गरेको गुनासो छ ।
रौतहटको बिभिन्न नाकाबाट मलखाद्य ल्याउन गौरका केही, गरुडाका केही र चन्द्रनिगाहपुरका एकजना व्यापारी सकृय छन ।
रौतहटका किसान यतीबेला गंहुमा छर्ने मलखाद्य नपाएर पिडित छन ।
रौतहटका बिभिन्न खुल्ला नाका भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाको मिलेमतोमा गुनासो छ ।