रौतहट १० पुस । प्रहरी ईकाईबाट र सशस्त्र प्रहरी बल वेश क्याम्प, वोडर आउट पोष्टहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भन्सार छली चोरी निकासी गरि ल्याएको लाखौ मुल्यको समान तथा गाडी बरामद गरेको छ ।
भन्सार राजश्व छलेको १२ लाख ८५ हजार ४ सय १८ बराबरको सर-सामान र गाडी वेवारीसे अवस्थामा फेला पारी गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल वेश क्याम्प फतुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई गा.पा.वडा नं. ४ बम नहर बाट पन्ध्र हजार आठ सय बराबरको चिनी र मैदा बरामद गरेको छ ।
प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले सानो लत्मरी स्थितमा बिआर ३० एम ३७३२ र बिआर ०६ बिएल ४७४८ नम्वरको मोटरसाइकलमा लोड गरि लैजादै ५३ हजार ६ सय १८ मुल्यको समान र विस्कुट, लेक्टोजिन दुध, खाने तेल, चामल, चिनी र अन्दाजी मुल्य एक लाख विस हजार बराबरको समान साथै २ वटा मोटरसाइकल अन्दाजी मुल्य एक लाख त्रिहत्तर हजार छ सय अठार बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै प्रहरी चौकी लक्ष्मीपुर बेलविछुवा र सशस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं. ९ ब्रम्हपुरी स्थित बांध बाट बिआर २५ एस ९४०४ नम्को बलेरो जीप नेपालबाट भन्सार छली चोरी निकासी गरी सौफी रक्सी भारत तर्फ लैजादै गरेको अवस्थामा दश लाख छ्यान्बे हजार बराबरको रक्सी सहित बलेरो गाडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवले बताएका छन ।