रौतहट ६ पुस । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएको विरोधमा रौतहटका व्यवसायीहरुले बिरोध जनाउदै प्रदर्शन गरेका छन् ।
बैंकको निक्षेपमा २ प्रतिशत र कर्जामा अधिकतम ६ प्रतिशत व्याजदर कायम गर भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेको व्यवसायीको गुनासो छ ।
नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्ग निर्देशन र सोही मार्ग निर्देशनको आडमा वर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर बृद्धीले निजी क्षेत्र धरासायी हुन लागेको व्यवसायीले बताएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुले जोखिमका आधारमा बढीमा २/३ प्रतिशत मात्र थप प्रिमियम लिनुपर्नेमा मनपरि ८ प्रतिशत सम्म प्रिमियम जोडी ब्याज लिने गरेको व्यवसायीको गुनासो छ ।