Thursday, January 23, 2025

बृन्दावनको बर्षौदेखि अलपत्र सडकको मेयर कुर्मीद्वारा स्तरोन्नति

पछिल्लाे समाचार


रौतहट, १६ पुस / बर्षौदेखि पालिका भित्र रहेका सबै वडाका सडक मर्मत, स्तरोन्नति नभएर आवतजावत गर्न स्थानियलाइ धेरै कठिनाइ भइरहेको छ ।
ती समस्या लाई समाधान गर्न रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको मेयर बिनोद प्रसाद कुर्मी सकृय छन ।
उनले करीव १ दर्जनभन्दा बढी भौतिक निर्माण कार्यको शिलान्यास गरि कामलाइ तिब्रता दिएका छन ।
बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहा टोल स्थित बिरेन्द्र राजमार्ग भन्दा पश्चिम पुरानो सडकलाइ ३० फिटको चौडाइ गर्दै ग्रेडर मेसिनले मर्मत तथा निर्माण कार्य थालनि गरिएको छ ।
जिर्ण अवस्थामा रहेको बाटोहरूलाई मर्मत गर्ने मुख्य उदेश्य साथै स्तरोन्नतिमा नगरपालिकाले जोड दिइएको उनले बताए ।
बर्षौ देखि जिर्ण रहेको हर्साहा चौक देखि पश्चिम जाने सडकको मेयर कुर्मीले आफ्नो बिशेष पहलमा सडक बोर्ड नेपालबाट सडक स्तरोन्नति गर्न ल्याइएको योजना शुरु भएको हो ।
धमाधम खोलिएका सडकले दुर्घटना हुन थालेपछि सडक स्तरोन्नतिको माग धेरै आउने गरेको बृन्दावन नपाका जनप्रतिनिधि बताउँछन्।
मेयर कुर्मीले भने “सडक सुधार विस्तारमा पालिकाले ठूलो लगानी गर्दै छ “/
सडक बोर्ड बाट ३० लाख र स्थानीय पालिकाक‍ो साझेदारीमा ३० प्रतिशत लगानी गरि ३ किलोमिटर सम्म बिस्तार गरि माटो पुरी ग्रेभल कार्य भैरहेको मेयर कुर्मिले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु