रौतहट २१ मंसिर / सरसफाइको काम गर्दै आएका अति बिपन्न डोम समुदायका व्यक्ति लाई हटाएपछि उनिहरुको बिचल्ली भएको छ ।
कटहरिया नपामा सरसफाईक काम गर्ने शम्भु मलि डोम, विनोद मलि डोम लगाएत ५ जना भन्दा बढी डोम समुदायका सरसफाइ गर्ने कर्मचारी लाई मेयर अजय प्रकाश जयसवालले बिना कारण काम बाट निकालेको उनिहरुको गुनासो छ ।
गएको १४ गते बसेको नगरपालिकाको बोर्डको निर्णय अनुसार उनिहरुलाई हटाईको हो ।
सरसफाई कर्मचारी शम्भु मलि डोमले ५ बर्ष भन्दा बढि नगरपालिकामा काम गर्दै आएकोमा अहिले बिना कारण हटाएको भन्दै दुखेसो पोखे ।
कटहरीया नगरपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य मनोज कुमार जैसवालले नगरपालिका माथी आर्थिक भार बढेकाले ६४ जना करारका कर्मचारी हटाईएको बताएका छन ।