चन्द्रपुर २ पुस । शनिवार सरकारी कार्यालयको गाडी दुरुपयोग भएको भेटिएको छ ।
आफनो कार्य क्षेत्रबाहेक अन्य क्षेत्रमा जान जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्राबधानलाइ लत्याउदै रौतहटका केहि जनप्रतिनिधि तथा सरकारी कार्यालयका कर्मचारीहरुले बिदाको दिन पनि गाडीको दुरुपयोग गरेको हुन ।
शनिबार चन्द्रपुर नगरपालिका वाड नं. १ मा गुजरा नगरपालिकाको सरकारी गाडीे नुनथर क्षेत्रको मदिरा पसल अगाडी फेला परेको छ ।
ना १ झ १६२६ र प्रदेश २– ०३ –००१ झ ००२१ नम्बरको गाडी रौतहटको पर्यटकिय स्थल नुनथरमा रहेको मदिरा पसल अगाडी दिनभरी देखिएको थियो ।
शनिबारको दिन मदिरा सेवन गर्न गएका कर्मचारीहरु गाडी मदिरा पसल अगाडी राखेर मदिरामा लठ थिए ।
सो बिषयमा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अहेव बिनोद कुमार जयसवालसंग बुझदा उनले गाडीको बिषयमा आफुलाई केहि कुरा थाहा नभएको र उप मेयरले गाडी नुनथर लगेको हुन सक्ने बताएका छन ।
शनिवार सो नगरपालिकाका अधिकांस सरकारी नम्बर प्लेटका मोटर साईकल समेत नुनथरमै थिए ।
सो बिषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्दा सरकारी सवारी साधान दुरुपयोग गर्ने नगरपालिकाका कर्मचारी माथि कार्वाही गर्ने बताएको छ ।
विदाको दिन सरकारी गाडी कुदाउँन ईलाका प्रशासन वा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने ब्यवस्था छ ।
सरकारी सवारी साधन लिएर बिदाको दिन घुमन जाने, होटेल रेस्टुरेन्ट , सामान किनमेल गरी ओसारपसार गर्न प्रयोगहुने गरेको यसअघि पनि गुनासो आउने गरेको थियो ।