रौतहट २४ मंसिर /सर्लाही र रौतहट धेरै प्रयोग हुने बज्जिका भाषाको पाठ्यक्रम निर्माणका लागि अभिमुखीकरण गोष्ठी रौतहटको गरुडामा सम्पन्न भएको छ।
भाषा आयोग, गरुडा नगरपालिका तथा बज्जिका साहित्य संगम रौतहटको संयुक्त आयोजना भएको अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले मातृभाषा बज्जिकाको लागि आफू रौतहट उद्योग वाणिज्य संघको अध्यक्ष रहेको समयदेखि नै लागि परेको बताए ।
आफु नगर प्रमुख भएपछि आफ्नो दायित्व अझ बढेको उनको धारणा रहेको छ ।
गरुडा नगरपालिकाको सभाकक्षमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आयोगका सदस्य गोपालजी प्रसाद सर्राफले देशमा बोलिने मातृभाषाहरुलाई लोप हुन नदिने मुख्य सवैधानिक अभिभारा आयोगको भएसँगै मातृभाषाको पाठ्यक्रम निर्माण गरी मातृभाषा शिक्षालाई व्यवहारमा उतार्न आवस्यक रहेको बताए ।
यसै क्रममा बज्जिका भाषाको पाठ्यक्रम निर्माणमा आयोग प्राविधिक सहयोग गर्न तयार रहेको सदस्य सर्राफको भनाई छ ।
आयोगका सचिव जयराम अधिकारीले आयोगले मधेस प्रदेशका तीन प्रमुख भाषा बज्जिका, भोजपुरी र मैथिलीलाई प्रादेशिक सरकारी कामकाजको भाषा सिफारिस गरेको बताउदै पालिकाहरूले पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा बज्जिका भाषाका प्रशिक्षक साहित्यकार सञ्जय साह मित्र , कक्षा १ र २ को पाठ्यपुस्तक तयार गर्ने काम सामुदायिक सिकाइ केन्द्र सर्लाहीका प्रमुख डा. कमलेश्वरकुमार सिन्हा, गरुड़ा नगरपालिकाका निमित्त प्रमुख कार्यक्रममा नगर शिक्षा संयोजक सुबोधकुमार चौधरी, मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल, मावि महम्मदपुरका रामनारायण यादव, मावि जिंगडियाका रवीन्द्र मिश्र, बज्जिका साहित्य का मौजेलाल साह, गरुडाका प्रशासकीय अधिकृत रामबाबु राय यादव, नगर शिक्षा सहसंयोजक शेख चाँद अलि,
बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण लगाएतले कक्षा २ को पाठ्यक्रम निर्माणको प्राविधिक र व्यवहारीक पक्षका बारेमा आ आफ्नो धारणा राखेका थिए ।