पर्सा , ११ पुष //
पर्साबाट प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडानम्बर १ बस्ने १९ वर्षीय हरिओम महतो, मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने २६ वर्षीय परमेश्वर साह र वडा नम्बर २५ बस्ने २६ वर्षीय युगेन लामा रहेका छन्।
हरिओम महतोलाई नियन्त्रणमा लिएर प्रहरीले शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट खैरो हिरोइन २० ग्राम फेला पारेको थियो ।
महतोसँग सोधपुछ गर्दा परमेश्वर र लामालाई बिक्री गर्न लागेको बताएपछि उनीहरुलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्कबाट पक्राउ हो । तीनै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।