Friday, January 24, 2025

डेक्सबेन्च नहुदा भुइमा बसेर पढ्न बाध्य

पछिल्लाे समाचार

रौतहट २ पुस । सदरमुकाम गौरमा रहेको एक आधारभूत विद्यालयमा डेस्कबेन्च नहुँदा बालवालिका भुईमा बसेर पढ्न बाध्य छन ।
सदरमुकाम गौर ८ पुरेनवा स्थित श्री आधारभूत विद्यालयमा डेस्कबेन्च छैन ।
कक्षा १ देखि ८ सम्म अध्ययन हुने उक्त विद्यालयमा डेस्क बेन्च नहुदा बालवालिका जाडोमा त्रिपाल ओछ्याएर पढ्न बाध्य छन ।
कक्षा कोठामा शिक्षक बस्ने कुर्सी समेत नहुँदा शिक्षकहरु समेत समस्यामा रहेका छन ।
सो विद्यालयमा ५ सय १० जना बालबालिका अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गणेश राय यादवले बताए ।
विगत ८ वर्ष देखि विद्यालयमा अध्यायपन गराउदै आएकी पुनम कुमारी निधीले आफु कार्यरत समय देखि नै विद्यालयमा भौतिक पुर्वाधारको कमी रहेको बताईन् ।
विद्यार्थीलाई बस्न डेस्कबेन्च, शिक्षकहरुलाई वस्न कुर्सी, कक्षा कोठाको झ्याल ढोका, शौचालय, स्वच्छ खानेपानी लगायतको समस्या रहेको शिक्षिका निधीले बताईन्।
विद्यालयमा भौतिक पुर्वाधार सहित तत्काल डेस्कबेन्च उपलब्ध गराउन गौर नगरपालिकासंग मांग गरिएपनि बेवास्ता गरेको वडाअध्यक्ष जर्नादन साहको भनाइ छ ।
आफ्नो वडाको बजेट मार्फत विद्याल भवन निमार्ण गरेपनि डेस्कबेन्च आभावका कारण विद्यार्थीहरु भईमै बसेर पढ्दै आएको वडाअध्यक्ष साहको भनाई छ ।
नगर प्रमुख शम्भु साह, निमित्त प्रशासकिय अधिकृत सुभाष ठाकुर संग डेस्क बेन्चको माग गरेपनि चासो नलिएको वडाअध्यक्ष साहले गुनासो गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु