रौतहट ८ पुस । माओवादी सशस्त्र जनयुद्धका क्रममा २०६१ वैशाख १० मा धादिङको मलेखु खोलास्थित डुडेठारीमा नेपाली सेनासँगको भीडन्तमा उनलाइ गोली लाग्यो ।
३९ बर्षिय युवराज भट्टराई समिरले छातीमा ३ वटा गोली बोकेर हिँडेको साढे १८ वर्ष बित्यो।
त्यसबेला भीडन्तमा उनलाई ७ वटा गोली लागेको थियो । पार्टीले उनलाई घटनाको एक महिनापछि बाराको जंगल हुँदै उपचारका लागि नयाँदिल्ली पठायो ।
शल्यक्रिया गरी ४ वटा इन्सास राइफलको गोली झिकियो । ३ वटा गोली फोक्सोमा टाँसिएकाले झिक्दा ज्यान जोखिम हुने भएपछि निकालिएन उनी गोली छातीमा बोकेर राजनितीमा सकृय छन ।छातिको गोलीले बेला बेला सताउने गरेको भट्टराई बताउछन ।
माओवादी पार्टीको केन्द्रय सदस्य , रौतहट जिल्ला इन्चार्ज भट्टराई अहिले मधेस प्रदेशसभा संसदको भुमिकामा पुगेका छन । उनी रौतहट–४ (१) बाट विजयी भएका हुन् ।
फोक्सोमा रहेका ३ गोलीका कारण उनलाई जाडोयाममा हिँडडुल गर्न नै समस्या पर्छ । ‘चिकित्सकले गोलीकै कारण त्यस्तो समस्या आएको बताउने गरेका छन् ।’
जनताबाट चुनिँदा निकै खुसी लागेको बताउदै आम मतदाताहरु लाई उनले जन चाहाना अनुसार काम गर्ने बताएका छन ।
२०७४ सालको स्थानीय निर्वाचनमा उनी चन्द्रपुर नगर प्रमुखमा पराजित भएका थिए ।