Friday, January 24, 2025

जडान भएको ट्रान्सफर्मर चोरी हुन थालेपछि किसान चिन्तित

पछिल्लाे समाचार


रौतहट २३ मंसिर / पोलमा जडान भएका बिजुलीको ट्रान्सफर्मरनै रौतहटमा चोरी हुन थालेको छ ।
गएको  एक महिना भित्र जिल्लामा तीनवटा ट्रान्सफर्मर चोरी भएको हो ।
फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुर देखि सन्तपुर देस्तिया जाने कालोपत्रे सडक छेउमै सिंचाइ प्रयोजनको लागि जडान गरेको विद्युत ट्रान्सफर्मर बिहिवार राति चोरी भएको छ ।
१०० एम्पिएरको ट्रान्सफर्मर चोरी भएको स्थानीय चन्द्रकिशोर यादवले बताएका छन ।
विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल  बन्द भएको छ ।
गहुं खेतीको समयमा डिप ट्युबवेलबाट हुने सिंचाइ बन्द हुंदा फतुवाका दर्जनौं किसान समस्यामा परेका छन ।
  स्थानीय अजय यादवले भने ,” किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब अर्को ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गर्नु पर्छ ।
केहिदिन अघि  कटहरिया नपा ४ बालुवा देखि कटहरिया जाने बाटोमा डिप ट्युबवेल नजिक रहेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो ।
डिप ट्युबवेलसंग जोडिएको विद्युतको तार र १०० एम्पिएरको ट्रान्सर्फमर चोरेर लगेको नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख संजिवकुमार दासले जानकारी दिए ।
त्यसैगरी बौधिमाई नगरपालिका ४ दुर्गा मन्दिर छेउमा रहेको १०० एम्पिएरको विद्युत ट्रान्सफर्मर दुई साता अघि चोरी भएको थियो ।
बिधुत प्राधिकरण प्रमुख दासका अनुसार १०० एम्पिएरको एउटा ट्रान्सर्फमरको बजार मूल्य ४ लाख रूपैयां पर्छ ।
चोरहरुले ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल निकालेर तार बिक्री गर्ने गरेको प्राधिकरण प्रमुख दासले अनुमान छ ।
फोटो : चोरले निकालेको बिधुतको ट्रान्फर्मर ।तस्बिर : फणि महत

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु