सर्लाही , ५ पुष //
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर २ जना किसानको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर ९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझी रहेका छन्।
ज्याला मजदुरी गर्दै आएको रमेश मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेका थिए । परालको ओछ्यान गरेर सुतेको रमेशको चिसोले कठ्याङ्ग्रिएर त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, ओछ्याएन नभएको कारण भूई मै सुत्न बाध्य भएका ६५ वर्षीय रामभगत माझीको पनि चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।