चन्द्रपुर १४ पुस । नेपाली कांग्रेस चन्द्रपुर नगरपालिका वडा नम्बर ५ ले वडा उपसभापतिमा बिष्णु बहादुर थापालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा (२०७९) को निर्वाचनमा पार्टी बिरोधी गतिविधि एवं नेपाली काग्रेंस पार्टि प्रति बफादार नभएर अन्य दलहरु संग साठगाठमा संलग्न भएको ठहर गर्दै चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा सभापति कल्याण कार्कीलाई पार्टिले कार्वाही गरी उपसभापति थापालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको नेपाली कांग्रेस चन्द्रपुर नगरका सचिव गणेश चौलागाईले जानकारी दिएका छन्