सर्लाही , ८ पुष //
घुर ताप्ने क्रममा आगोमा जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने टिकाराम रखालकी ५५ वर्षीया श्रीमती गोरीमाया रखाल रहेकी छन् ।
स्थानीय तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा उनका पति टिकाराम कुरुवाको काम गर्छन् । सोही चिरानमलिमा बुधबार साँझ साढे ७ बजेको समयमा आगो तापिरहेकी गोरीमायाको जिउमा आगो लागेको थियो ।
आगो लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।