रौतहट १५ पुस ।
अनाधिकृतरुपमा बजारको शौदर्यकरण लाई छोपेर राखिएका तुल,ब्यानर,बोर्डहरु गौर नगरपालिकाले हटाउन शुरु गरेको छ ।
गौर नगरको सार्वजनिक ठाउँ वा पोलहरुमा झुन्ड्याईएको ब्यानर हटाउने अभियान शुरु गरेको गौरका नगरप्रमुख शम्भु साहले बताएका छन ।
आ आफ्नो फर्म/संघ/संस्थाका अनाधिकृत बोर्ड,ब्यानर हटाई नगरलाई सफा र सुन्दर बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।
नगरपालिकाले सार्वजनिक स्थलहरुमा जनचेतनामुलुक तथा राष्ट्रहितका ब्यानरहरु राख्ने योजना बनाएको गौर नगरपालिकाले जनाएको छ ।