रौतहट १६ पुस । चिसो बढ्न थालेपछ रौतहटका मुसहर, डोम,लगाएत दलित समुदाय पिडित बनेका छन ।
चिसोबाट बच्न तीनै तहको सरकारले कुनै व्यवस्था नगरेको ले चिसोबाट कसरी बच्ने भन्ने चिन्ता उनीहरू लाई परेको छ ।
तराई मधेशको जिल्लामा बढ्दै गरेको शितलहर सगै चिसोको कारण जनजीवन प्रभावित बनेको छ।
अस्पताल एवं स्वास्थ्य केन्द्रमा चिसोका कारण भएका बिरामीको बढेको छ ।चिसोसँगै भाइरल ज्वरोको प्रकोप बढ्ने सम्भावना रहेकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन ।
न्यानो कपडाको अभावमा विपन्न समुदायका ज्येष्ठ नागरिकको चिसोले कठ्यांग्रिएर मृत्यु हुने गरेको छ।
बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरुमा कोल्ड डाइरिया, ज्वरो,खोकिका बिरामी बढेका छन ।
स्थानीय, प्रदेश र कन्द्रका सरकारसंग उनीहरुलाई चिसो बाट जोगाउन आगो ताप्न दाउरा र कपडा उपलव्ध गराउन माग गरेका छन।