Wednesday, January 22, 2025

खाद्य स्वच्छता सम्बन्धी तालिम

पछिल्लाे समाचार


रौतहट, ९ पुस । गरुडाका होटल, रेस्टुरेण्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम दीइएको  छ ।
गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको कलवार धर्मशालामा एक कार्यक्रमको आयोजना गरि होटल ,रेष्टुरेन्ट र क्यान्टिन संचालकहरुलाई खाध स्वच्छता सम्बन्धि एक दिने तालिम सम्पन भएको छ ।
खाध प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगंवाको कार्यालय प्रमुख भरत बहादुर पुरीको अध्यक्षतामा खाध प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगवा सर्लाहिको आयोजना तथा रौतहट उधोग वाणिज्य संघ गौर रौतहटको सह–आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको तालिममा डिभिजनका निमित्त प्रमुखले  काम गर्ने व्यक्तिको सरसफाइ, पकाएको र नपकाएको खाद्यवस्तुलाई छुट्टाछुट्टै राख्ने, राम्ररी पकाउने, सामान्य सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने, सुरक्षित पानी र खाद्य वस्तुमात्र प्रयोग गर्ने कुराहरुको जानकारी गराएका थिए ।
  कार्यक्रममा खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगंवा कार्यालयको सहायक प्राबिधिक संन्जय चौधरीले होटेलमा रहेका समस्याहरुलाई कसरी समाधान गर्ने कुन तरिकाबाट समाधान गर्ने ग्राहकलाई कसरी सेवा दिदा ग्राहक खुसि हुने भनि कुराहरुको बारेमा जानकारी दीए ।
होटेलहरुमा भन्डार गर्ने ठाउँ ,भान्सा कोठा ,फ्रिजहरुमा कुन समाग्री कसरी राख्ने एक साथमा कुन कुराहरु राख्दा राम्रो हुने भनि होटेल ब्यवसायिकहरुलाई जानकारी गराइएको छ ।
तालिममा खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगंवा कार्यालयको सहायक प्राबिधि चौधरीले प्रदेशको सबै होटल तथा रेस्टुरेण्ट व्यवसायीहरुलाई स्वस्च्छ तथा गुणस्तरीय सामाग्री मात्र राख्न आग्रह गरेका थिए ।
रौतहट उधोग बाणिज्य संघका जिल्ला अध्यक्ष पंडित प्रसाद जैसवालले होटेल ब्यवसायिकहरुले आफ्नो फाईदाको लागी सडेगलेका तथा प्रयोग नहुने कुराहरु ग्राहकलाई खुवाउँदा बिरामी पर्ने अवस्था पनि रहेको बताए ।
त्यसतै उधोग बाणिज्य संघ रौतहट गरुडाका अध्यक्ष हरेन्द्र प्रसाद जैसवालले होटेल ब्यवसायिकहरुलाई सफा राख्न तथा होटेलमा काम गर्ने कर्मचारीहरुलाई सफा एप्रोनको पोशाक लगाएर काम मा लगाउन अनुरोध गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु