रौतहट २७ मंसिर /सरकारी कार्यालयहरुमा कर्मचारी उपस्थित नहुँदा सेवाग्रहीहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन ।
जिल्ला प्रशासन कार्यालयले बेला बेलामा अनुगमन नगर्दा कर्मचारीहरु कार्यालय छाडेर जाने गरेकाे गुनासो छ ।
कर्मचारी उपस्थित भए वा नभएको बारे छड्के अनुगमन नगर्दा कर्मचारीहरु घरायसी तथा व्यक्तिगत कामकाजमा जानकारी बिना जाने गरेको पाईएको छ ।
काम विषेशले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटमा गएका एक सेवाग्रहीले कार्यालयका प्रमुख सहित अन्य कर्मचारीहरु कार्यालयमा नभएको गुनासो गरे ।
माछा पोखरी निमार्ण गर्ने सोच बनाएका राजदेवी नगरपालिका पथरा टोलका रामबालक महतोले कार्यालय आउँदा सम्बन्धित व्यक्ति र हाकिमसँग भेट हुन नसकेको बताए।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले कार्यालय अनुगमन नभएको स्वीकार्दै अनुगमन गर्ने बताए । कार्यालय समयमा कर्मचारी नभेटिए कारबाहीको दायरामा ल्याउने समेत उनले बताएका छन ।
।