रौतहट, २३ मंसिर ।
बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगरकी उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाएको बताएका छन ।
शुक्रबार नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलन गरि नगर प्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुदा विकाश निर्माणका कार्य हरू प्रभावित हुन पुगेको आरोप लगाए ।
चालु आर्थिक वर्षको लागि छुट्याएको २५ करोड रकम मध्ये ३ करोड निजी रुपमा संचालन गर्नको लागि माग गर्दा बिकाशको योजना संचालन बाहेक रकम भागबण्डा गर्न नसकिने जवाफ दिदा उपप्रमुख राम ले सामाजिक संजाल मार्फत गलत आरोप लगाएको बताए ।
उनले भने न्यायिक समिति संचालन गर्नको लागि रकम, कर्मचारी, भवनको व्यवस्था गरेको छु आफै नगरपालिका आउदैन, नगरपालिका को बिषयगत समितिका जिम्मेवारी पाएका उप प्रमुख रामले अहिले सम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट संचालन समस्या उत्पन्न भै रहेको उल्लेख गरेका छन।
उपप्रमुख बैठकमा सहभागी नहुदा बागमती नदीको ढुङ्गा,बालुवा,गिट्टीको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यन्वयन गर्न कठिनाई भएको मेयर कुर्मीको भनाइ छ ।
नगर प्रमुख कुर्मीले उपप्रमुखको श्रीमान अरुण रामले गाडी मरमतको नाउमा ११ लाख रकम माग गरेकोमा त्यो नदिदा गलत आरोप लगाउने मेयर कुर्मीको दुखेसो छ ।
एक करोड ५० लाख शिक्षा, १ करोड स्वास्थ्य,१ करोड कृषि तथा ८० लाखको दरले वडा स्तरीय बजेट विनियोजन गरिएको बताएका छन ।