रौतहट २ पुस। आँखा अस्पतालमा दैनिक सयौको संख्यामा भारतीय नागरिकलाई सेवा दिन थालेका छन ।
सस्तो र गुणस्तरीय सेवा पाईने भएकाले रौतहटका सीमावर्ती क्षेत्रका भारतिय नागरीक आँखाको ज्योती खोज्दै गौर आउन थालेका छन ।
भारतको गोरखपुरबाट करिब ३ सय किलोमिटर लामो यात्रा गरेर ६५ वर्षिय शेख दाउद आंखाको उपचार गर्न गौर आईपुगेका थिए ।
नेपालमा सस्तोमा आंखाको उपचार हुने सुनेपछि उनी बिहारको मोतिहारी हुँदै गौर आएका हुन ।
रौतहटमा आधा दर्जन निजी आँखा अस्पताल छन् तर, अर्धसरकारी मोडेलमा सञ्चालित गौर आखा अस्पतालमै बिरामीको घुईचो लाग्ने गरेको छ ।
रौतहटमा विषेश गरेर बिहार र उत्तर प्रदेशका बिरामीहरुको आँखा अस्पतालमा चाप बढी छ ।
भारतको भन्दा तीन गुणा कम रकममा आँखाको शल्यक्रिया हुने गरेकोले पनि नेपाली आँखा अस्पतालमा भारतीय नागरिकहरुको भीडहुने गरेको जानकारहरु बताउछन ।
नेपालमा निकै सस्तोमा आँखाको मोतियाबिन्द लगायतको शल्यक्रिया हुने हुँदा भारतीय नागरिकहरु उपचारका लागि नेपाल आउने गरेको गौर आखा अस्पतालका अध्यक्ष विजयकमार सिंहले बताए ।
अस्पतालका अध्यक्ष सिंहका अनुसार बहिरगतर्फ ६० र शल्यक्रिया तर्फ ८० प्रतिशत सेवाग्रही भारतीय नागरिक उपचारका लागि आउछन ।