रौतहट, ३ पुस । आँखा शिविरबाट रौतहटको परोहा नगरपालिकाका सयौं मानिसले सेवा लिएका छन ।
परोहा नगरपालिका र नेपाल नेत्र ज्योती संघ रौतहटको संयुक्त आयोजनामा सञ्चालित एक दिने निशुल्क आँखा शिविर संचालन भएको थियो ।
परोहा नगरपालिका तेजापाकड गाउकी ७० वर्षिय वृद्ध रामकली देवीले शिवरमा मोतियाबिन्दका कारण समस्या उत्पन्न भएकोले शल्यक्रिया पश्चात राम्रोसंग देख्न सक्ने सल्लाह पाएपछि खुशी भएको बताईन ।
रामकलीले खुशीको आँशु झार्दै भनिन, अब म पनि लौरो बिना हिडडुल गर्न सक्छु ।
आर्थिक समस्या, समय आभाव, अस्पतालसम्म लैजाने व्यक्ति नहुँदा, विभिन्न समस्याका कारण गाउँघरमा आँखा समबन्धी रोगीहरुको संख्यामा वृद्धि हुँदै गएपछि गाउँमा शिविर सञ्चालन गरेको परोहा नगरपालिकाका मेयर शेख वकिलले बताए ।
परोहा नगरपालिका सहित आसपासका गाउँबाट आएका ७ सय २६ जना विरामीहरुले सेवा लिएका छन ।
मोतियाबिन्द फेला परेको ५६ जना विरामीलाई निशुल्क शल्यक्रिया गर्ने मेयन शेख वकिलले जानकारी दिए ।
शिविरमा अन्य विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो।