सर्लाही , ११ पुष //
सर्लाहीको हरिवनमा आज बिहान एक पुरुषको शव फेला परेको छ।
हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको हो। सोमबार बिहान स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मागेर खाँदै हिँड्ने ती पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
उनको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।