Wednesday, January 22, 2025

हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला

पछिल्लाे समाचार


वीरगञ्ज ,११ पुष //
वीरगञ्जमा हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । वीरगञ्ज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव आइतबार फेला परेको हो । मंसिर ५ गतेदेखि हराएका पासवानको शव गुरूकुल पन्ना इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।

सेप्टिक ट्यांकीको रिङ भित्रबाट उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । निरज मंसिर ५ गतेदेखि हराएको भन्दै भोलिपल्ट अभिभावकले प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

पुस १ गते निरजको परिवारले उनको अपहरण भएको र अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको भन्दै प्रहरीलाई लिखित जानकारी गराएका थिए । अपरिचित व्यक्तिले बुवा श्रीमान पासवानको मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेको उजुरीमा उल्लेख थियो ।

प्रहरीले अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूले दिएको बयानको आधारमा सेप्टिक ट्यांकीबाट निरजको शव बरामद गरेको प्रहरील जनाएको छ ।
शंकास्पद अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु