Thursday, January 23, 2025

सोनरनियामा निर्माण भैरहेको सडक र नाला गुणस्तरहिन भएको गुनासो 

पछिल्लाे समाचार


रौतहट १३ पुस | मौलापुर नगरपालिका वार्ड ८ र ९ सोनरनियाको सडक ढलान र नाला निर्माणमा आश्रय निर्माणले गुणस्तरहिन काम गरेकको गुनासो छ ।
१० करोडको ठेक्का आश्रयले कर बाहेक चार करोड ७८ लाख ५८ हजार सात सय ६९ रुपैयाँमा सम्झौता गरेको थियो ।
शहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना विरगंज द्वारा २०७८ असाढ महिनाको २१ गते सम्झौता गरेको थियो ।
आयोजनाले ठेक्का सम्झौता मिति देखी २४ महिना भित्रमा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
सो सडकको हाल सम्म  ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ  ।
सो ढलान सघन सहरी तथा भवन निर्मानका कर्मचारी र आश्रय निर्माणको कर्मचारीको मिलोमतोमा गुणस्तरहिन काम भई रहेको स्थानीयको गुनासो छ ।
आश्रय निर्माणको पेट्टी ठेकेदार राजा गुप्ताले नाला माथी राख्ने स्यावमा एक सिमेन्ट ३ देख ५ बालुवा र ५ देखी ६ गिटी मिसाई ढलान गरेको जानकारहरु बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु