Wednesday, January 22, 2025

सुरक्षाकर्मीकै संरक्षणमा रौतहटमा व्यापक तस्करी

पछिल्लाे समाचार


रौतहट ९ पुस / भारतीय बजार सँग सिमा जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरुले व्यापक रुपमा तस्करी शुरु गरेका छन ।
पछिल्लो समय रौतहटको सिमाक्षेत्रमा साना पोके तस्कर देखि लिएर ठूला संगठित तस्करहरुको कारोबार मौलाएको छ । सुरक्षाकर्मीहरुको मिलेमतोमै रौतहटका मुख्य नाकाहरुबाटै अवैध रुपमा समान ओसार पसार भइरहेको छ ।
भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर ञ नेपाल प्रहरीका असइ सो क्षेत्रमा रकम संकलनको आतंक नै मचाउदा समेत जिल्ला प्रहरी कार्यालयले कुनै कारवाही गरेको छैन ।
मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेका छन । तर तस्करीका दृश्य र सुरक्षाकर्मीले खुलेआम भन्सारको ढाटमा रकम असुलेको दृश्य क्यामेराले कैद गर्दैन ।
गौर भन्सार नाका बाटै तस्करी भएर आएको सामान जिल्ला प्रहरी कार्यालयको बाटो हुदै गढवा रहेको बसपार्क सम्म पुग्ने गरेको छ । भन्सार देखि बसपार्क सम्म झण्डै आधा दर्जन प्रहरीका पिकेट पार गरेर जादाँ चेकजाँचमा खटेका प्रत्येक सुरक्षाकर्मीले रकम बुझ्ने गरेका छन ।
पूर्वी नाका बाट मदिरा र खाद्यान्न तस्करी
शसस्त्र प्रहरीका उच्च अधिकारीको संरक्षणमा सदरमुकाम भन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी बाट सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन हजारौ कार्टुन मदिरा भारत पठाइरहेका छन । लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको छ ।
सदरमुकाम भन्दा पूर्व पट्टि रहेको बेलबिछवा र सो सँगैको ब्रह्मपुरीबाट भारतीय गाँउ आदमबान र मुसाचक सम्म तस्करहरुले मदिरा पु¥याउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।
पश्चीमी नाकाबाट चल्ला र खाद्यान्नको तस्करी
माओवादी सशस्त्र आन्दोलनको बेला लक्ष्मीपुर र बंकुलमा रहेको छोटि भन्सार कार्यालय विस्थापित भए पछि पूर्वी र पश्चीमी यी दुवै नाका अहिले तस्करलाई लागि गोल्डेन गेट भएको छ । पश्चीमी नाका बंकुल बाट कुखुराका चल्ला, खानेतेल, चिनी, दाल, मोटर तथा स्पेयर पार्टस तस्करी हुने गरेको छ ।
सिमावती भारतीय बजार घोडासहनबाट झरोखर पोखरी हुदै नेपाली सिमामा तस्करहरुले सामान भित्राउने गर्दछन । यसरी आएको सामान बंकुल बाट सोनरनिया, शितलपुर बैरगनिया हुदै कटहरीया बजार सम्म पुग्ने गर्दछ । कटहरीया आइपुगेको राजश्व छलेको सामानहरु देशको राजधानि काठमाण्डौं सम्म पुग्ने गर्दछ । प्रहरीको उच्च अधिकारीहरु समेतको मिलेमतोमा अवैध रुपमा भित्रिएको सामान बजार पुग्ने गर्दछ ।
प्रहरीका घुमुवा नै “लाइनर”
सूचना संकलनका राखिएका सादा पोशाकका प्रहरीले नै तस्कर र प्रशासन बिच पुलको काम गरिरहेका छन । “कारोबार शुरु गर्नु भन्दा पहिले घुमावा (सादा पोशाकका प्रहरी) हरुलाई नै फकाउनु पर्छ ।” तस्करीमा सँलग्न एक कारोबारी नाम नछाप्ने शर्तमा भन्छन “प्रहरीको कुन युनिटलाई कति रकम दिने र हाकिम अनी क्षेत्रको टोलिलाई कति रकम दिने सबै कुराको घुमुवाले नै तय गर्छन ।”
सुरक्षा निकायको जिल्ला कार्यालय र क्षेत्रका कार्यालय दुवैले नाकाहरुमा घुमुवा खटाएको छ । घुमुवा प्रहरी राख्न नपाउने नियम भए पनि सूचना संकलकका रुपमा प्रहरीले उनीहरुलाई परिचालन गर्ने गरेको छ । तर सूचना संकलकको रुपमा नाम फेरिए पनि उनीहरुले रकम उठाउने पुरानो कामलाई भने परिवर्तन गर्न सकेका छैनन ।
पछिल्लो समय सशस्त्र प्रहरी बलले दुई जिल्लाका उपरिक्षकलाई बाहिनीमा तानेर छानबिन प्रक्रिया अगाडी बढाए पनि रौतहटमा त्यसको असर परेको छ्रैन । श्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले यस्ता अबैध कारोवारको लागि सेटिंग मिलाएर संगठित रुपमा तस्करी कार्यलाई संरक्षण दिएका छन ।
रौतहटको ब्रम्हपुरी, वेलविछवा, गौर, बन्जरहा, औरैया, रामपुरखाप, लतमरी, महुलिया, कोपवा, बंकुल लगायतका दर्जनौ नाकाहरु अहिले तस्कारी गर्नेहरुको लागि स्वर्ग बनेको छ ।सुरक्षा निकायका प्रमुखहरुले भने खुला सिमाका कारण समस्या आएको बताए पनि तस्करीको लाइनका बारेमा जानकारी नभएको बताउछन ।
##दनेपाल मिडिया डटकम बाट साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु