रौतहट, २५ मंसिर । सिचाई सुबिधा नहुदा सोचे जस्तौ तरकारी उब्जाउन नसकेपछि रौतहटका किसान चिन्तित बनेका छन ।
रौतहटको इशनाथ नगरपालिकाका सयौ किसानहरु स्थानीय निकाय तथा कृषि ज्ञान केन्द्रमा धाउँदा समेत किसानको समस्या नसुनेको गुनासो गरेका छन ।
खेतबारीसम्म बिजुलीको पोल गाडेपनि बिधुत सेवा नहुदा किसानहरुले सिचाई गर्न पाएका छैनन ।
समयमै सिचाई तथा मलखादको व्यवस्था भए भारतीय तरकारी सग प्रतिस्पर्धा गर्न आफूहरु सक्षम रहेको किसान बताउँछन् ।
किसान जयनाथ पासवान भन्छन् ‘भारतबाट आयात गरिएको तरकारी सस्तो र चाडै बजारसम्म आईपुग्छ ।त्यसले समस्या छ ।
तरकारी खेती गर्दा खर्च बढी हुने भएकोले सोचे जती लगानी उठन नसकेको किसान बताउछन ।
एक किसानले भने ‘हामीले समय समयमा सिचाई गर्नुपर्दछ, मल, दैनिक ज्यालादारीमा मजदुर, किटनाशक औषधी, लगायतका विभिन्न शीर्षकमा खर्च गर्नुपर्छ, मिहिनेत अनुसारको फाइदा हुन सकेको छैन ।’
इशनाथ नगरपालिका का किसानले उब्जाएको तरकारी जिल्लाको विभिन्न बजार तथा राजधानी सम्म पुग्ने स्थानिय महेश साह बताउँछन्।
इशनाथ नगरपालिका मा तरकारी खेतीका लागि ब्लक निमार्ण गरेर आवश्यक सम्पूर्ण व्यवस्था उपलब्ध गराएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।
सिचाईका लागि बोरिङ्ग निमार्ण गरिएको भएपनि विद्युत आपूर्ति सहज नहुदा सञ्चालन नभएको स्वीकार्दै कृषि ज्ञान केन्द्रले बेला बेलामा किटनाशक औषधी तथा किसानहरुलाई तालिमहरु दिदै आएको दाबी गरेको छ ।