Wednesday, January 22, 2025

सशस्त्र प्रहरीद्वारा रौतहटबाट साढे ८ लाख बराबरको घिउ बरामद

पछिल्लाे समाचार


रौतहट , ११ पुष //
सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगर क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइएको भैँसीको घिउ बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित शिवमङ्गल महराको खरको गोठबाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीका अनुसार बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको छ ।

पछिल्लो समय स्थानीय तथा भारतीय तस्करको समूहले सीमावर्ती भारतीय बजारबाट भैँसीको घिउ खरिद गरी अबैधरूपमा औरैयाबाट चल्ने रात्रीसेवा यात्रुवाहक बसमा राखेर राजधानी काठमाडौंसम्म पुर्‍याउने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु