राैतहट १५ मंसिर । चन्द्रपुर नगरपालिले प्रोजेक्टर बाट विश्वकप हेर्नका लागि नगरका विभिन्न टोलहरुमा प्रोजेक्टर वितरण गरेको छ ।
नगर क्षेत्रमा नया खेलाडी उत्पादन भैरहेकाले उनीरुले बिश्वकप हेरेर फाइदा लिउन भन्ने उदेश्यले बितरण गरिएको नगर प्रमुख संजय काफ्लेले बताएका छन ।
फुटबल खेलाडीहरु भएकाले प्रोजेक्टरको माध्यमबाट ठुलो पर्दामा विश्वकप हेरेर सिक्न सकुन भनेर प्रोजेक्टर बाडिएको नगर प्रमुख काफ्लेको भनाइ छ ।
‘विश्वकपको मज्जा लिनुका साथै यसबाट खेलाडीलाई फुटबल सिक्न मद्धत होस् भन्ने उदेश्यले नगरपालिकाले सहयोग गरेको नगरपालिकाको भनाई छ ।
‘फुटबल खेलको विकास र प्रवद्धनको लागि चन्द्रपुर नगरपालिकाको प्रयास’ भन्ने नाराको साथ सुरु गरिएको यो कार्यक्रम अन्र्तगत नगरका १० वटै वार्डमा एक–एक वटा तथा कतै भूगोल र आवश्यकता हेरेर थप एकदुई वटा प्रोजेक्टर वितरण गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।
विश्वकप सकिएपछि सो प्रोजेक्टर सम्बन्धित वडा कार्यालाई जिम्मा लगाउने योजना छ ।
कतिपयले अनाबश्यक र अनुपात्दक क्षेत्रमा खर्च गर्नु सट्टा नागरिकले प्रत्यक्ष लाभ लिने दिर्घकालिन सेवाहरुमा लगानी गरेको भए हुने भन्दै सुझाव दिएका छन ।