Friday, January 24, 2025

लोप हुन थाले खपडाले छाएका घर

पछिल्लाे समाचार

रौतहट २५ मंसिर /रौतहटमा धेरै प्रयोगमा आएको घर छाउने खपडा पछिल्ल‍ो दिनमा हराउदै गएको छ ।
नया प्रबिधि र सिमेन्टको प्रयोग बढे सँगै खपडा प्रयोगमा कमि आउन थालेको हो ।
जिल्लामा पछिल्ला दिनमा पक्की ढलान, जस्तापाता वा टायलले छाएको घर बढेका छन ।
गुजरा नगरपालिका भवानीपुरका जयनन्द चौधरी भने , विशेष गरी मधेशी समुदायले घर खपडाले छाएको हुन्थ्यो। मधेशमा खपडा बनाउने सीप भएका हरुले पेशा फेरेपछि खपडा हराउन थाल्यो ।
खपडा बनाउने सीप भएका चन्द्रपुर नगरपालिका-६ का रामजीवन पण्डितका अनुसार खपडा बनाउन आवश्यक पर्ने माटो काँचो खपड़ा पोल्न चाहिने पराल र दाउरा पहिला स्थानीयस्तरमै पुराना सहज रूपमा पाइन्थ्यो तर अहिले पैसा खर्चगरेपनि सहजै उपलब्ध हुँदैन।
पेसा संकटमा परेपछि उनले आय आर्जनमा कमी आउने डरले अन्य पेसामा लागेको बताए ।
राजपुर नगरपालिका-४ का जब मियाँ भन्छन “खपडा माटोबाट बनाइने हुँदा यसको र प्रचार तथा सरक्षण गर्न पहल गर्नुपर्ने बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु