रौतहट २४ मंसिर /’सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान’ अन्तरगत शनिवार चन्द्रपुर ६ मा कार्यक्रम गरिएको छ ।
“३० औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” को अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरको संयोजन र चन्द्रपुर नपा ६ को आयोजना मा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा महिला अधिकारकर्मी देबकी नेपाल,चिना कोइराला लगाएतका अधिकार कर्मीहरुले महिला माथीहुने समाजमा बिध्यमान हिंसाका घटना नियन्त्रण गर्न सवै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका छन ।