रौतहट १९ मंसिर / नोभेम्वर २५ देखि दिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा लैङगिक हिंसा बिरुद्ध विभिन्न कार्यक्रमहरु जारी छ ।
लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियान अनुसार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट , प्रहरी चौकी सन्तपुर, प्रहरी चौकी मठिया र अस्थायी प्रहरी पोष्ट जुडीवेला तथा माण्डवी संस्थनको सहकार्यमा सम्पन्न भएका छन ।
“सभ्य समाजको पहिचान लैङगिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १७, १८ र १९ गते विभिन्न कार्यक्रमको आयोजना भएका छन ।
मंसिर १७ गते चन्द्रपुर न.पा. वडा नं ८ सन्तपुरमा “ बाल यौन दुरुपयोग ” सम्वन्धी जनचेतना मुलक कार्यक्रम,१८ गते ईशनाथ न.पा.वडा नं.३ स्थित श्री जनता मा.वि औरैयामा “लैङगिक हिंसा विरुद्ध ” सम्बन्धी प्रशिक्षण कार्यक्रम यस्तै १८ गते चन्द्रपुर न.पा. वडा नं २ जुडिवेलामा “ लागु औषध तथा महिला हिंसा न्यूनिकरण ” सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै १९ गते ईशनाथ न.पा.वडा नं.४ स्थित रहेको पल्टुवा टोलमा लागु औषध ओसारपसार सम्बन्धी” जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा विद्यालयहरुमा अध्ययनरत विधार्थी तथा स्थानीय, भद्रभलादमी, समाजसेवी, वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।