चन्द्रपुर, १६ मंसिर । व्यापारीक बजार क्षेत्रमा पार्किङका सुविधा नहुदा सेवाग्राहीहरुले जथाभावी पार्किङ गर्ने गरेका छन।
जथाभावी सवारी साधन पार्किङ ले बजार अस्तव्यस्त साथै पार्किडले दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ।
रौतहटका प्रमुख बजार गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगायतका स्थानमा रहेका बजारमा पार्किङको व्यवस्थापन हुन सकेको छैन ।
गौर, गरुडा चन्द्रनिगाहपुर लगायतका बजारमा सवारी साधन पार्किङको व्यवस्था नगर्दा आफूहरुले सडकपेटीको छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालकहरुले बताएका छन।
रौतहटका बजारहरुमा सवारी साधन पार्किङ गर्नका लागि उचित स्थान नभएको कारण समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
व्यस्त बजार चन्द्रनिगाहपुरको पुर्व पश्चिम राजमार्गमा मनलाग्दी पार्किङ गरेर राखिने बस तथा ट्रकका कारण पूर्व पश्चिम राजमार्गमै सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीयको भनाइ रहेको छ।