रौतहट १५ पुस ।मधेश प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दावि रहने मधेश प्रदेश सदस्य युवराज भट्टराइले बताएका छन ।
माओवादी आन्दोलन, विभिन्न आन्दोलन को अगुवाही गर्दै संघियता ल्याउन संघर्ष गरेको पार्टीको हिसावले पनि माओवादी केन्द्रले मुख्यमन्त्रीमा दावी गर्नु स्वभाविक रहेको प्रदेश सांसद भट्टराइले बताएका छन ।
प्रदेश सांसद भट्टराइले सपथ ग्रहण पछि संचारकर्मी हरु संग जनताले मधेश प्रदेशमा माओवादी केन्द्रको नेतृत्व खोजेको धारणा राखेका छन ।