धनुषा , २९ मंसिर //
धनुषामा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाका महेन्द्र साहकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेको प्रहरील जनाएको छ ।
बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा कालोदेवी धान कुटाउन गएको बेला मिलको फित्तामा बेरिएर टाउको र शरीर अलग भएर घटनास्थलमै उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
उनको शव घटनास्थलको मुचुल्का गरी पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।