राैतहट १५ मंसिर /चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा कालोपत्रे सडक बनेको एक महिना नबित्दै भत्कन सुरु गरेको छ ।
गत आर्थिक वर्षको नगरपालिकाको १० लाख वजेटबाट निर्माण सुरु गरेको सो सडकको लागि नपुग रकम थप गर्ने शर्तमा नगरपालिकाले पुरा गर्न भनेको थियो ।
कुल १ सय ६४ मिटर लम्बाईको सो सडक छठ पर्वलगतै निमार्ण सम्पन्न गरिएको थियो । तर अहिले सो कालोपत्रे उप्किन सुरु गरेको स्थानिय बताउँछन् ।
हात , खुट्टाले खोस्रिदा सडक भत्किएको स्थानियको भनाइ छ । विभिन्न स्थानमा कालोपत्रे उप्किएर गिट्टी छुट्टिएको छ भने कतिपय स्थानमा खाल्टा पर्न सुरु गरेको छ ।
चन्द्रपुर- ५ का वडाध्यक्ष निलहरी कोइरालाले आफुलेपनि स्थानियले गुनासो गरेपश्चात सो सडकको अनुगमन गरेको र सडक निमार्णको काम गुणस्तरहिन पाएको बताउदै त्यसको आवश्यकता अनुसार पुनःनिमार्ण हुनुपर्ने बताए ।
उक्त सडकको भुक्तानी हालसम्म नभएकाले सडक गुुणस्तरीय नबनाए सम्म भुक्तानी नदिने वडाअध्यक्ष कोइरालाले बताएका छन ।
चन्द्रपुर नगरपालिकाका सवइन्जिनियर नुर महम्मदले चिसोको कारण पिच राम्रोसँग सेट हुन नपाएकाले भत्किएको हुनसक्ने बताएका छन ।