Saturday, January 25, 2025

मधेश प्रदेश  सभा सदस्यहरुले लिए शपथ

पछिल्लाे समाचार


जनकपुरधाम,१५  पुस /
मधेश प्रदेशको नवनिर्वाचित प्रदेश्सभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन ।
प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाइ शपथ ग्रहण गराएका हुन ।
मधेश प्रदेशसभाको प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन । भने ४९ प्रदेशसभा सदस्यहरुले मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।यस्तै बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएका छन ।  बज्जिका भाषामा  अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, बीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन ।
मैथिली भाषामा ११ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन । किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको  प्रदेशसभा सचिवालयले जनाएको छ ।
७ जना प्रदेशसभा सदस्यहरुले भोजपुरी भाषामा शपथ लिएका हुन । जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन  कलवारले भोजपुरी भाषामा शपथ लिएका छन । थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन ।
मगही र हिन्दी भाषामा २/२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन ।
उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन ।
रोकियो दुइ प्रदेश सांसदको सपथ
सर्वोच्च अदालतको आदेशका कारण मधेश प्रदेसका २ जना प्रदेशसभा सदस्यको शपथ ग्रहण रोकिएको छ ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरु माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेस दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु